गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।
पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले हिजो शुक्रबार ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए। आज दिउँसो नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए।
मुख्यमन्त्रीमा नियुक्त पाेखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ।