नेपाली कांग्रेस बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति फिर्ता लिएका छन्। प्रदेश सभाको आज बसेको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले आत्मालोचनासमेत गरेका हुन्। उनले आफू भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिन पुगेको स्वीकारेका छन्।
शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए।
आफू गान्धीवादी नेता भएको भन्दै वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै व्यक्तिगत रिसइवी नभएको बताए। उनले आफ्नो भनाई संसदको रेकर्डबाट हटाउन आग्रह गरेका छन्। सभामुखले उनको भनाई रेकर्डबाट हटाइएको सदनलाई जानकारी दिए।