कर्णाली प्रदेशमा फ्लोरक्रस गरेका एमालेका ४ जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतले बिहीबारको आदेशबाट सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सांसद् पदमा पुनर्बहाली भएका छन्।
पुनर्बहालीको माग गर्दै बुधबार सांसदहरु सर्वाेच्च अदालतमा गएका थिए। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेको केपी शर्मा ओली पक्षले चारजना सांसदहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।