नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि सरकार ढलेको छ।
बिहिबार प्रदेश सभामा मुख्यमन्त्री गुरूङले राखेको विश्वासको मतको प्रस्तावमा भएको मतदानमा उपस्थित ५८ जना प्रदेश सभा सदस्यमध्ये ५७ जनाले मतदान गरेका थिए।
जसमा मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ। म्तदानमा तीन जना सांसद रहेको जनमोर्चाका एक जना सांसद भने तटस्थ बसेका थिए।
मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। यसैगरी प्रदेश सभामा रहेका स्वतन्त्र सांसद एवं खेलकूद मन्त्री राजिव गुरूङ उपस्थित भएनन्।
प्रदेश सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ।