गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताब पेश गर्दैछन्।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि एमालेका गुरुङलाई ३१ मत चाहिन्छ। तर सत्तारुढ एमालेसँग २७ सांसद मात्र छन्।
उता, बिपक्षी गठबन्धनमा कांग्रेस १५, माओवादी ११ (सभामुखबाहेक), जनता समाजवादीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद छन्। यसबाहेक युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले बिपक्षी गठबन्धनलाई साथ दिने भएका छन्। बिश्वासको मत लिने अघिल्लो दिन लिनुभन्दा अघिल्लो साँझको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएर उनले सत्ता पक्षको साथ छाडेको सन्देश दिएका हुन्। बिश्वासको मत नपुग्ने भएपछि प्रदेश सभा भंग गरेर मध्यावधि चुनाव घोषणा गर्ने गुरुङको तयारीपछि मन्त्री बिपक्षी गठबन्धनमा जान तयार भएका हुन्। उनले बिघटन रोक्नका लागि बिपक्षी गठबन्धनलाई साथ दिने बताएका छन्।
यसबाट नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ। मन्त्री मन्त्री मनाङेले जसले सांसद संख्या ३१ पु¥याएर आउँछ, उसलाई साथ दिने बताएका छन्।