नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेश सभाको आजको बैठकमा उनका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गरे। सभामा कुल ५२ सदस्य छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो ।
नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद छन् । मतदानमा कांग्रेसका १२ जना सांसद भने मतदानमा तथष्ट बसेको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो ।
उनले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।