गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले अाफ्नाे मन्त्रिपरिषदमा पुरानै अनुहार दाेहर्याएका छन् ।
प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई उनीहरूलाइ पद तथा गोपनीयताको शपथ गराइन् ।शपथ लिनेमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन रहेका छन् ।
खेलकुद मन्त्रीमा नियुक्त राजीव गुरुङ काठमाडौं भएकाले उनी आएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।सरकारले जेठ १५ मा नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने तयारी गरेको छ ।