करिब करिब फुटको डिलमा उभिएकाे जनता समाजवादी पार्टी (जसपा) को संकट तत्कालाई टरेको छ।
विभाजनउन्मुख जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच भएका पटक पटकका वार्ताले पार्टीलाई एकतावद्ध बनाउन मद्दत गरेको छ।लुम्बिनी प्रदेशमा सांसद कारवाही, संसदीय दलको नेता चयन प्रकरण र प्रधानमन्त्री ओलीको विश्वासको मत प्रकरणले झन्डै उसले विघटनको नियति भोग्नु परेको थियो ।
करिब ६ महिनापछि एकै ठाउँमा उभिएर एउटै मुद्धामा केन्द्रीत भएर अध्यक्षद्वय ठाकुर र यादवले मंगलवार विज्ञप्ति जारी गरेका छन्।
दुई अध्यक्षले पार्टी तत्काल सरकारमा सहभागी नहुने र प्रतिपक्षमा नै रहने विषयमा आफूहरुको एक मत रहेको जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । तर, आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुनासक्ने अगाडि बढ्न भने पछि नहट्ने सहमति गरेका छन् ।
विज्ञप्तिमा दुई अध्यक्षले पार्टीलाई नयाँ बैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा चित्रित गरेका छन्।पार्टीभित्र गुटबन्दी गरी अराजक क्रियाकलाप गर्ने कार्यलाई तुरुन्त बन्द गर्नुपर्ने निष्कर्ष निकालेका छन्।