प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भाेलि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी जानकारी दिइन्।
काेराेना संक्रमणकाे नियन्त्रण र राेकथामका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेकाे कांग्रेसले आराेप लगाउँदै आएकाे छ । उसले जतिसक्दाे चाँडाे काेराेनाविरूद्धकाे खाेप सबैलाइ लगाउने वातावरण तयार गर्न पनि ध्यानाकर्षण गराउँदै आएकाे छ ।