नेकपा एमालेले सहमति कार्यान्वयनका लागि गठन गरेकाे कार्यदलकाे पहिलाे बैठक बस्दैछ । दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकले जुटेको सहमति कार्यान्वयन गर्दै जाने र बाँकी विषयमा सहमति खाेज्ने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदल संयाेगक सुवास नेम्वाङले बताए ।
सर्वाेच्चकाे फागुन २३ गतेकाे निर्णय अनुरूप पार्टीलाइ जेठ २ काे पूर्व अवस्थामा लैजान अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच जेठ २ गते नै कार्यदल गठन गरिएकाे थियाे । कार्यदलमा दुबै पक्षका गरी ५/५ जना सदस्य रहेका छन् ।गत वैशाख ३१ मा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको थियाे ।
अहिले कार्यदलले विषेश गरेर माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुको जिम्मेवारीकाे विषयमा टुंगाे लगाउनेछ। प्रधानमन्त्री एंव अध्यक्ष ओलीले एमालेमा प्रवेश गरेका नेताहरूलाइ महत्वपूर्ण जिम्मेवारी दिएकाे र आफूहरूलाइ बाइपास गर्न खाेजेकाे भन्दै नेता नेपाल पक्ष रूष्ट हुँदै आएका थिए । माओवादी केन्द्र छाडेका रामबहादुर थापा लगायत करिब एक दर्जन नेता अहिले एमालेका अध्यक्ष ओलीकाे साथमा रहेका छन् ।