आज जेठ २ गते, नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापूर्वको अवस्था हो ।
सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको बैधानिकता खारेज गरिदिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने सर्त नेता माधवकुमार नेपाल पक्षले निरन्तर राख्दै आएका छन् ।
बरू पार्टी फुटाउन तयार भए जेठ २ गतेकाे अवस्थाबाट अगाडि बढ्न उनीहरूले चाहेनन् । याे अवस्थाबाट धेरै अगाडि बढीसकेका प्रधानमन्त्री ओली कुर्सीका लागि अन्तत यही मुद्धामा फर्कनु पर्ने अवस्था सिर्जना भएकाे छ ।
संयोगबस आज जेठ २ कै दिन ओली र नेपालबीच विवाद समाधानका लागि छलफल भइरहेकाे छ । सिंहदरबारमा भइरहेकाे छलफलमा कार्यदलमा रहने सदस्यहरुकाे नाम टुंगाे लगाउने अपेक्षा गरिएकाे छ। साथै पार्टीको आन्तरिक विवादको विषयमा उहाँहरुबीच छलफल हुने एक नेताले बताए ।पार्टीलाई जेठ २ को अवस्थामा लगेर समाधान निकाल्ने गरी पार्टी विवाद हल गर्न कार्यदलमा रहने सदस्यको नाम टुंगाे लगाउने जिम्मा दुबै पक्षले अध्यक्ष ओली र बरिष्ठ नेता नेपाललाइ दिएकाे हाे ।
माधव पक्षले फागुन २८ को निर्णय पनि खारेज गर्नु पर्ने अडान राख्दै आएका छन् । पूर्वमाओवादी पक्षका रामबहादुर थापा ‘बादल लगायतका नेताहरुलाई स्थायी कमिटी सदस्य बनाइएको थियो । माओवादीका नेताहरुलाई च्यापेर आफूहरुलाई अध्यक्षले विभेद गरेको भन्ने नेता नेपालपक्षको बुझाइछ ।
अध्यक्ष ओली सबै निर्णय फिर्ता गर्न लचिलो भए पनि संकटको बेलामा आफूलाई साथ दिएका पूर्वमाओवादीहरुलाई जिम्मेवार विहीन अवस्थामा राख्न मन छैन । नेपालपक्षलाई त्यही विषयमा उनले मनाउनु पर्ने देखिन्छ ।