परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध भएर लागेको बताएका छन्।
शुक्रबार सिहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय नीतिलाई समयानुकुल अद्यावधिक गर्दै सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रभावकारी बनाउन खोजेको उल्लेख गरे।
कोरोना महमारी कम हुने बितिकै बाह्य सम्पर्क बढ्ने उनको भनाई थियो। त्यस्तै, मन्त्री ज्ञवालीले सरकारको कामलाई सफल बनाउनका लागि सवैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। राजदूत लगायतका नियुक्तिमा मन्त्रालयका कर्मचारीलाई पनि प्राथमिकतामा राख्ने उनले जानकारी गराए।
मन्त्री ज्ञवालीले जलवायु परिवर्तनका बिषयमा समेत अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै आवश्यक कार्यक्रम तर्जुमा गर्ने जानकारी दिए।