नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएसँगै सानाे आकारकाे मन्त्रिमण्डल गठन गर्ने भएका छन्।
नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई उनले बिहानै बालुवाटार बोलाएका छन्।
ओली तेस्रोपटक प्रधानमन्त्री बन्दैछन्। ओली बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका थिए। आज दिउँसाे राष्ट्रपति निवासमा ओलीले प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम छ
माओवादी छाडेर एमाले बसेकाहरु सबैलाइ मन्त्री बनाउने कि नबनाउने भन्नेबारे एमालेभित्र दुइ किसिमकाे मत देखिएकाे छ।
ओलीले पुरानै मन्त्रीलाई निरन्तरता दिन्छन् कि नयाँ नियुक्त गर्छन् भन्नेबारे अहिले टुंगो लागिसकेको छैन।