गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले दावी पेश गरेका छन् ।
अाफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको भन्दै उनले बुधबार प्रदेश प्रमुख सीता पौडेलसमथ् पत्र बुझाएका छन् ।६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
यही वैशाख २६ मा मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिँदै बहुमतको सरकार गठनका लागि बुधबार ४ बजे सम्मकाे समय दिएकी थिइन्।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई प्रदेशसभाका चार दलले मुख्यमन्त्रीमा समर्थन गरेकाे हुँदा प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने आशा व्यक्त गरे ।