कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन अभाव हुन नदिन बिभिन्न अक्सिजन प्लान्टबाट २४ सै घण्टा उत्पादन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सीसीएमसीले काठमाडौं उपत्यका र काभ्रेपलान्चोकमा ९ वटा अक्सिजन प्लान्ट रहेको भन्दै प्लान्टबाट २४ सै घण्टा उत्पादन गर्ने व्यवस्था मिलाइएको जनाएको हो । यसका लागि सहज रुपमा बिद्युत आपूर्तिका लागि बिधुत प्राधिकरणलाई भनिएको सीसीएमसी जानकारी दिएको छ ।
नेपालका केहि अस्पतालबाहेक अधिकांश सरकारी र निजी अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नभएको अवस्थामा निजी अक्सिजन प्लान्टमा निर्भर हुनुपर्ने अवस्था रहेको सिसिएमसीका सचिव खगराज बरालले जानकारी दिए ।
हाल ९ वटा अक्सिजन प्लान्टको उत्पादन क्षमता ७२ सय सिलिण्डर रहेको र हाल करिव १५ हजार माग रहेकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको टड्कारो अभाव देखिएको उनले बताए।
उनले सहज रुपमा अक्सिजन बितरणका लागि मेडिकल अक्सिजन वितरण कार्यविधि २०८७ कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए। सचिव बरालले अक्सिजनको आपूर्ति, ढुवानी , प्रयोग र उपयोगमा सवैको सहयोगको अपेक्षा गरेको बताए ।त्यस्तै नेपालमा सिलिण्डर अभाव हुन नदिन अन्य देशबाट सिलिण्डर मगाइएको सचिव बरालले बताए।