नयाँ सरकार गठनका बारेमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।
बैठक अपरान्ह ३ बजे पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो।
पदाधिकारी बैठकपछि सभापति देउवासहितका नेताहरुले नेकपा माओवादी केन्द्र, जसपालगायत दलसँग नयाँ सरकार गठनबारे छलफल गर्ने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वास गुमाएपछि स्वत पद मुक्त भएका थिए। त्यस लगत्तै राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन्।