राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले संविधानको धारा (७६) को २ बमोजिम वैकल्पिक सरकार गठनको आह्वान गरेकी हुन्। उनले सरकार गठनको समयसीमा ३ दिनको समय तोकेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत गुमाएपछि उनले वैकल्पिक सरकारको आह्वान गरेकी हुन्। प्रधानमन्त्रीले बिश्वासको मत गुमाए लगत्तै प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संविधानको धारा (७६) को २ बमोजिमको बहुमतको सरकारको प्रक्रिया सुरु गर्न माग गरेका थिए।