अबिश्वास प्रस्ताबमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएसँगै गण्डकी प्रदेशमा बिपक्षी गठबन्धनको नयाँ सरकार गठन हुने पक्का भएको छ।
सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई साथ दिने भएपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने पक्का भएको हो। त्यसका लागि मंगलबार सांसहरूको हस्ताक्षर संकलन गर्न लागिएको प्रकाश दवाडीले जानकारी दिए। नयाँ सरकार बनाउन सक्रिय विपक्षी गठबन्धनलाई सहयोग गर्न हस्ताक्षर संकलन गर्न लागिएको सांसद दवाडीले बताए।
जनमोर्चाले विपक्षलाई सहयोग गरेपछि गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नेछन्। विपक्षी गठबन्धनसँग काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदको हस्ताक्षर छ। जनमोर्चाले साथ दिएपछि सरकार बनाउन आवश्यक सांसदको हस्ताक्षर गरेर प्रदेश प्रमुखको कार्यालयमा बुझाउने विपक्षीको तयारी छ। गण्डकीमा सरकार बनाउन ३१ सांसदको हस्ताक्षर चाहिन्छ।