नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री ओलीले यही २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति अख्तियारी गर्ने र महाधिवेशनलाई कसरी गर्ने भन्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।बैठकमा पूर्वपदाधिकारीलाई बोलाइएको छ ।
पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा,पूर्वमन्त्री शंकर भण्डारी लगायतका कांग्रेसका नेताहरुलाई पनि कोरोना संक्रमण भएको छ ।