नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि कोरोना भाइरस संक्रमण भएको छ।उनले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।
ज्वरो आएपछि शर्माले आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए।शर्माले डाक्टरसँग परामर्श गरी डेरामै आइसोलेसनमा बसेका छन् । उनले कोरोनाबाट बच्न सबै सजग हुनुपर्ने र मनोबल उच्च राख्नु पर्ने बताएका छन्।