लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नै फेरी एमालेको एकल बहुमतको मुख्यमन्त्री बन्ने भएका छन् ।पदबाट राजीनामा दिएका पोखरेलले नै संसदीय दलको नेताको हैसियतले सरकारको नेतृत्व गर्नेछन्।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमतप्राप्त संसदीय दलको नेताकोलाई नै सपथ ग्रहण गराउने तयारी भएको छ । त्यसअघि अब सरकार बनाउन प्रदेश प्रमुख धर्मनाथ शाहले संविधान बमोजिम बहुमत प्राप्तदलको नेतालाई आब्हान गर्नेछन् ।
लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सदस्यमुक्त भएपछि अहिले प्रदेशसभामा ८१ जना सांसद छन् । त्यसमा एमालेका मात्र ४१ जना छन् । ८१ मा ४१ भनेको बहुमत हो । आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख यादवले तत्कालै स्वीकृत गरेका छन् ।