सम्पर्कविहीन भएको भनिएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही पोखराको पृथ्वी चोकस्थित चरक अस्पतालको कोभिड १९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् ।
कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएका उनी किन पोजेटिभ रिपोर्ट देखाएर अस्पताल भर्ना हुन पुगे बुझ्न सकिएको छैन ।गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले शाहीको स्वाब मंगलबार लिएको थियो । रिपोर्टमा शाहीमा कोरोना संक्रमण नरहेको उल्लेख छ । राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले सांसद शाहीको खोजी गर्न माग गरिरहँदा उनी अस्पतालमा भेटिएका हुन् ।
गण्डकी प्रदेशको प्रदेशसभामा बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने तयारी भईरहँदा बुधबार दिउँसो शाहीलाई चरक अस्पताल भर्ना गरिएको हो । शाहीलाई अक्सिजन लगाएर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।शाही अस्पताल भर्ना भएसँगै प्रहरीले अस्पताल वरपर पहरा दिइरहेको छ ।प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिइन् ।
उनको माग अनुसार नै सभामुखले अर्को सूचना नआउँदासम्म प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यस संकास्पद घटनाप्रति दलहरुले एकले अर्काेलाई आरोप लगाएका छन् ।
दुई सांसदको अनुपस्थितिमा अविस्वासको प्रताव फेल हुने भएसँगै कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमाले सांसदहरुको छ ।कांग्रेसले भने, अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि भनि टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेश सभामा 'अविश्वास प्रस्तावमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?' हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
यसैबीच,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताएका छन् ।