नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेज भएको छ । थापालाई सांसदबाट हटाउन भनी माओवादी केन्द्रले बुझाएको पत्र संघीय संसद् सचिवालयले स्वीकृत गरेसँगै थापाको गृहमन्त्रीको पद गएको हाे ।थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित भएका थिए ।
यसैबीच,बादलले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । गृहमन्त्रीबाट पद पदमुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको भएकाे छ ।
यसअघि माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परिवर्तन गरेकाले सांसद पदबाट हटेसँगै मन्त्री पद पनि गएकाे थियाे । उनीहरू चारै जनालाइ फेरि मन्त्रीमा नियुक्त गरिएकाे थियाे । उनीहरू संवैधानिक प्रावधानअनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् ।