नेपाली कांग्रेस लगायतले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको सिफारिसमा गए राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गरेका हुन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा आज अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए।
मुख्यमन्त्री गुरूङका पक्षमा नेकपा एमालेका २७ सांसद मात्रै थिए। माओवादीले आफ्ना दुई मन्त्रीलाई चैत २५ मा फिर्ता बोलाएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो। ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद छन्।