राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको भन्दै प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गर्नु पर्ने बताएका छन् ।
राजसंस्थाको अभिभावकीय भूमिकामा जोड दिँदै अध्यक्ष राणाले दलीय प्रतिनिधिबाट राष्ट्रप्रमुखको निष्पक्ष भूमिका निर्वाह हुन्न भन्ने यथार्थ अवस्था अनुभवबाटै स्थापित भएको उल्लेख गरे ।
ओली प्रधानमन्त्री भएको साढे तीन वर्षमा दुईतिहाइ बहुमतको अवसर त्यसै खेर फालियो अध्यक्ष राणाले बताए ।नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले अहिलेकै अवस्थामा देश र राजनीति अगाडि बढ्न नसक्ने पनि बताए ।यसर्थ पार्टीको आगामी महाधिवेशनलाई संगठन निर्माण गर्ने आधारको रुपमा लिएकोे राणाको भनाई थियो ।