पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी श्रीमती कोमल राज्यलक्ष्मी देवी शाह आज भारत जाने भएका छन् ।शाह दम्पती हरिद्धारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन भारत जान लागेका हुन् ।
शाह दम्पती महाकुम्भ मेला विशेष समितिद्वारा गरिएको विशष आमन्त्रणलाई स्वीकार्दै मेला भर्न जान लगेको उनकाे निजी सचिवालयद्वारा जारी सूचनामा जनाइएकाे छ । नेपालमा राजनीतिक अस्थिरता बढीरहेकाे बेला पूर्वराजाबाट हुन लागेकाे भारत भ्रमणलाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ ।