नेकपा (एमाले)को नेपाल-खनाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । आइतबार आयोजित कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो । हाल एमालेको काठमाडौं जिल्ला अध्यक्ष रहेका कृष्णबहादुर राई केपी शर्मा ओली समूहमा लागेका छन् ।
यसैगरी साे समूहकाे उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुशुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा सञ्चालन गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार नभए मुलुकभर समानान्तर गतिविधि सञ्चालन गर्ने निर्णय गरेकै भाेलिपल्ट साे समूहले काठमाडाैंमा नै घाेषणा गरेकाे हाे ।