नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई बर्तमान समस्या बाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन ।
शनिबार काठमाडौंमा दावाँली मिलन क्लबको १५ औँ साधारण सभामा उहाले मुलुकमा देखिएको समस्या समाधान गर्दै कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको बताए।
उनले ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्धन्द तर्फ धकेलेकाले आरोप पनि लगाए । ५ वर्षको लागी प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरुले ३ वर्ष पनि टिक्न नसकेको उनले बताए ।
त्यस्तै उनले कम्युनिष्टहरु नेपालको राजनीतिमा असफल भईसकेको धारणा राखे । नेता सिंहले सरकार संघीयता भन्दा केन्द्रीकृत शासन ब्यवस्था सञ्चालन गर्न लागेको बताए ।
कार्यक्रममा कोरोना महामारीका बेला पनि सामाजिक सेवमाा सक्रिय बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।