जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन कांग्रेस अघि सरे आफूहरुले सघाउँने बताएका छन् ।
संसद्को दोस्रो ठूलो दल कांग्रेस अघि बढे नबढेसम्म ओलीलाई हटाउन नसकिने उनकाे भनाइ थियाे । ओलीलाई पदबाट नहटाएसम्म प्रतिगमनको खतरा कायमै रहेको भन्दै उनलाई तत्काल पदबाट हटाउनुपर्नेमा जाेडदिए ।
शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा यादवले ओली नेतृत्वको सरकारमा जसपा कुनै पनि अवस्थामा सहभागी नहुने प्रष्ट पार्दै अब प्रधानमन्त्रीलाई हटाएर संघीयता र गणतन्त्र पक्षधरको सरकार बनाउने तर्फ दलहरू अग्रसर हुनपर्ने बताए ।
यादवले प्रधानमन्त्री ओलीसँग मुद्दा खारेजी र बन्दी रिहाइबारे छलफल भएको तर सत्ता साझेदारी हुन नसक्ने स्पष्ट पारे ।यादवले मधेस र थरुहट आन्दोलनका दौरान गिरफ्तार गरिएकालाई रिहाइको माग राखिएको बताए ।प्रधानमन्त्रीले संविधान र संसद्माथि प्रहार गरेपछि अहिले फेरि संसद्लाई असफल पार्ने प्रयत्न गरेको यादवको भनाइ छ ।