नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदका कारण प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेपाल पक्षका सांसदहरू मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएकाले मुख्यमन्त्रीकाे पद जाेगिएकाे हाे ।
अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।एमाले ब्युँतिएपछि बुधबार पहिलोपटक बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन आफ्ना सांसद्लाई निर्देशन दिएको थियाे ।
राईविरुद्ध हस्ताक्षर गर्ने सांसद्हरुलाई ७ दिनभित्र नाम फिर्ता नलिए विधान अनुसार कारबाही गरिने चेतावनी दिइएकाे थियाे
प्रदेश १ मा कुल ९३ जना सांसद् मध्ये सभामुखसहित एमालेका ५१ सांसद छन् । नेपाली कांग्रेसका २१ जना सांसद् छन् । माओवादी केन्द्रका १६ जना सांसद् छन् । समाजवादी पार्टीका ३, राप्रपाका र संयुक्त लोकतान्त्रिक मञ्चका १-१ जना सांसद् छन् ।प्रदेश १ सभामा एमालेकाे बहुमत रहेकाे छ ।