नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन बिरोधी तत्वहरुले आफूमाथि घेराबन्दी गरिरहेको बताएका छन्। अध्यक्ष दाहालले लामो संघर्षपछि प्राप्त अपरिवर्तन उल्ट्याउन आफूमाथि घेराबन्दी गरिरहेको बताए।
बुटवलमा शुक्रबार आयोजित दलित पत्रकार संघको प्रथम महाधिबेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले १२ बुँदे समझदारीको हस्ताक्षरकर्ता आफू मात्र जीवित भएकाले आफूमाथि देशी तथा विदेशी शक्तिहरुले घेराबन्दी गरिरहेको बताए।
पछिल्लो समय आएका धेरै अस्वभाविक घटनालाई आफूले त्यहि रुपमा बुझेको उनको भनाई थियो। राजनीतिक परिवर्तन, समानुपातिक व्यवस्था, जनजाति, दलित, महिलाको अधिकारलगायत व्यवस्था मन नपराउनेहरुले अहिले आफूमाथि घेराबन्दी गरिरहेको दाहाले उल्लेख गरे।
अध्यक्ष प्रचण्डले अहिलेको घटनाक्रमले सबैभन्दा बढी घाटा हुनेमध्ये एउटा समुदाय दलित भएको भन्दै तिनका अधिकारका लागि आफू लडिरहने प्रतिबद्धता जनाए।