सर्वाेच्च अदालतको फैसलापछि नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि विराटनगरस्थित साविकको नेकपा कार्यालयलाई सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएकाे छ ।
मन्त्री ढकालले विराटनगरको पाञ्चालीस्थित मदन स्मृति भवनमा पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेपछि उद्घाटन गरेका हुन् । नेकपा विभाजनपछि सो कार्यालयमा ओली समूहले गतिविधि गर्दै आएको थियो ।