प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा हिंसात्मक द्वन्द्व नरहेको बताएका छन् ।
शुक्रबार सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्ष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली नागरिकले शान्तिपूर्ण ढंगले बाँच्न चाहेको बताउदै नेपाली नागरिकको उक्त चाहना अब पूरा भएको जिकिर गरे । देश विकासको कामले फड्को मार्ने बताउदै सबै नेपालीको समृद्ध नेपाल, सुखी नेपालीको चाहाना पुरा हुने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र, सामाजिक न्याय र समानताको लागि आफुहरु लडिरहेने बताउदै नेकपा विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाली जनताको मन जितेको बताउदै विप्लव नेतृत्वको नेकपाको सेफ ल्यान्डिङ भएको बताए ।
आफ्नो पार्टीको सरकार ढालेर आफनै पार्टीका नेताहरु अन्यपार्टीसंग प्रधानमन्त्रीको भीख मागिरहेको आरोप लगाउदै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षले प्रधामन्त्री पद किस्तीमा राखेर हिँडेको जिकिर गरे । उनले आफ्नो पार्टीले अनुचित ढंगबाट कसैलाई प्रधानमन्त्री भइदिन प्रस्ताव नराख्ने बताए ।