सरकारले सहमति बमाेजिम नेत्रविक्रम चन्द विप्लव समूहका नेता तथा कार्यकर्तालाइ धमाधम रिहा गर्न थालेकाे छ ।
साेही क्रममा संगठित अपराध, आगजनीलगायतका मुद्दामा ११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला पनि शुक्रबार बिहान रिहा गरिएकाे छ।
प्रहरीले सुरक्षासहित उनलाई काठमाडौं पठाएको छ ।परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए ।सरकारसँग भएको सहमतिपछि नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटिसकेको छ ।