नवलपरासीबाट सोझै प्रधानमन्त्री निवास बालुवाटार आइपुगेका नेकपा महासचिव नेत्रविक्रम चन्द र प्रधानमन्त्री ओलीबीच छलफल भएकाे छ ।बालुवाटारमा पुगेर चन्दले प्रधानमन्त्री ओलीसँग भेटघाट तथा छलफल गरेका हुन् । संयुक्त सम्बाेधनमा सार्वजनिक गरिने सहमतीका विषयबारेमा उहाँहरूबीच छलफल भएकाे छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री ओली र चन्दले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।शान्ति प्रक्रियामा आउने सहमतिसँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका विप्लव केहीबर अगाडि काठमाडाैं आइपुगेका हुन्।
प्रहरीले नारायणगढबाट स्कर्टिङ गरेर काठमाडाैं ल्याएकाे हाे ।करिब २ वर्षदेखि भूमिगत रहेका चन्द बिहीबार राति नवलपरासीमा सार्वजनिक भएका थिए । सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको प्रक्रिया अघि बढाएको छ ।