सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी ओली र नेत्रविक्रम चन्द विप्लवकाे उपस्थितिमा दुबै वार्ता टाेलीका संयाेजक र सदस्यहरूले हस्ताक्षर गरेर सार्वजनिक गरिएकाे छ ।दुवै तर्फका बार्ता टोलीले वार्ता गरी बिहीबार सहमति गरेका थिए ।
हस्ताक्षर कार्यक्रममा सरकारका मन्त्रीहरु र साे समूहका नेताहरू पनि उपस्थित थिए । सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लव समुहले खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दीपक सम्मिलित वार्ता टोली बनाएको थियो ।
कार्यक्रम कक्षमा स्वदेशी र विदेशी संञ्चारकर्मी र सुरक्षाकर्मीले खचाखच भरिएको थियाे । विप्लवलाइ नजिकबाट हेर्न प्रदर्शनीमार्ग उल्लेख्य मात्रामा साे पार्टाीका नेता कार्यकता तथा सर्वसाधारणकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
यस्तो छ तीनबुँदै सहमति पत्र
१. दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ ।
२. आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ ।
३. सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ ।