नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षले केन्द्रीय कमिटीले गरेको निर्णय निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराएकाे छ ।
बिहीबार पेरिसडाँडामा आफ्ना सांसदहरुसहित बसेको बैठकपछि केपी ओली लगायतका नेताहरुलाई कारवाही गरेको निर्णयका बारेमा आयोग र सचिवालयलाई जानकारी गराएकाे हाे ।यसअघि बुधबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले सुवास नेम्वाङ लगाएत सात जना नेतालाई कारवाही गर्ने निर्णय गरेको थियो ।
नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा बैठक बोलाइएको दिन नै अविश्वासको प्रस्ताव प्रस्तुत हुन सक्ने सम्भावना रहेको समेत बताए। उनले अविश्वासको प्रस्ताव लैजादा प्रधानमन्त्रीको नाम पनि तोक्नुपर्ने भएकाले अन्य दलहरुसंग छलफल गरेर अघि बढ्ने जानकारी दिए ।
पाण्डेले आफूहरुसँग बहुमत भएको दाबी गर्दै आफ्नो पार्टीको ह्वीप नमाने पार्टी र सांसद पदबाट निकाल्न सक्ने समेत बताए ।देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ने क्रम बढेको अवस्थामा प्रचण्ड–नेपाल पक्षले सांसदहरुलाई पार्टी कार्यालय बोलाएको थियो ।
उनीहरुलाई स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराइएको बुझिएको छ ।