नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको अफर आए पछि नहट्ने बताएका छन्। बुधबार चितवनमा आयोजित कार्यक्रममा उनले भने पद माग्दै कतै गइदैन तर जिम्मेवारी आएमा नभाग्ने बताएका हुन्।
देउवाले भने,मलाई र कंग्रेसलाई पदको लोभ छैन तर ‘काँधमा जिम्मेवारी आए भाग्ने पक्षमा हामी छैनौं ।’आफ्नो काँधमा आएको जिम्मेवारीबाट नभाग्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सानो चित्त नबनाउन आग्रह गरे । आफूले प्रधानमन्त्री पद नमागेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताए ।
सभापति देउवाले यसाे भनिरहँदा उनकै पार्टीका महामन्त्री शशांक काेइरालालेे ओली सरकारमा भने कांग्रेस नजाने स्पष्ट पारेका छन्। दाहाल-नेपाल समूहकाे सरकारमा जानु पर्नेमा उनकाे जाेड छ।
नेकपाकाे विवादले गर्दा अहिले कांग्रेसलाइ दुबै तर्फबाट सरकारकाे अफर आइरहेकाे छ। तर कुन पक्षकाे प्रस्ताव मान्छे र के भएकाे खण्डमा मान्ने भन्ने कांग्रेसकाे प्रष्ट धारणा बनिसकेकाे छैन। यसकै लागि शुक्रबार संसदीय दलकाे बैठक डाकिएकाे छ।