नेकपाकाे दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय रहँदै अाएका सुवास नेम्बाङसहित ७ जना नेतालाई कारबाही गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको साे समूहकाे केन्द्रीय कमिटी बैठकले नेकपाकाे संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको छ ।
निष्कासन गरिएका केन्द्रीय सदस्यहरूमा महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापा रहेका छन् ।पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड-माधव समूहले दाबी गरेकाे छ ।
बैठकले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि अपिल गर्ने पनि निर्णय गरेको छ । पितृशोकमा रहेका कारण गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट तत्काललाइ हटाएकाे छैन ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकताबारेमा निर्णय दिन गरेकाे अलमलप्रति बैठकले दु:ख व्यक्त गरेको छ ।