नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताएका छन् ।
कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुगेका प्रचण्डले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने बताए ।
उनले ऐन कानुन नियम अनुसार प्रक्रिया अनुसार नै आफुहरु अघि बढ्ने धारणा व्यक्त गरे। त्यस्तै उनले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको विजय भएको जिकिर गरे ।
फरक प्रसंगमा प्रचण्डले कोरोना खोप आउनुले मानवजातीको नै जीत भएको भन्दै बिना हिचकिहाकच खोप लगाउन आग्रह गरे ।उनले बुधबार कोरोनाबिरुद्धको खोपकाे पहिलाे डाेज लगाएका छन् ।