सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीच वार्ताकाे सुरूवात भएको छ ।बालुवाटारमा बुधबार विहान दुवै पक्षबीच पहिलाे चरणकाे वार्ता सम्पन्न भएकाे छ । दुबै पक्षबाट औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै वार्तामा बसेका हुन् ।
उहाँहरु फेरि बस्ने गरी पहिलाे चरणकाे वार्ता सकिएकाे बताइएकाे छ । पहिलाे चरणकाे वार्ता भएकाले आफूहरूले राख्दै आएकाे मागका विषयमा सामान्य छलफल भएकाे र अबकाे वार्तामा गम्भीर रूपमा छलफल हुने चन्द समूहका एक नेताले बताए ।चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेका छन् ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी भएका थिए ।