नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । केन्द्रीय कमिटी बैठकअघि विहान स्थायी कमिटी बैठक पनि बोलाएको छ । स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ ।आफ्नो पक्षको आधिकारिकताकाे दावी गर्दै आएकाे साे समूहले साे आवश्यक परे सक्कल कागजात आयोगलाई बुझाउने तयारी गरेकाे छ ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणाले नेकपा दुई समूहमा विभाजित छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड-नेपाल समूह आधिकारिकताकाे दावी गर्दै नयाँ सरकार गठन र सत्ता समीकरणका लागि दाैडधुप सुरू गरेकाे छ ।