पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कदै छन् ।बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेपछि भट्टराई फर्कन लागेकाे उनको सचिवालयले जनाएको छ ।
न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।
क्यान्सर नभए पनि चिकित्सकहरूले तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने भन्दै छिट्टै शल्यक्रिया गरेर फाल्न सुझाव दिएका छन् ।भट्टराई यही फागुन ९ गते श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डेसँगै नयाँ दिल्ली गएका थिए ।