केहीदिन यता देश दाैडाहामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा पुगेका छन्।प्रधानमन्त्री ओलीले बिर्तामोडस्थित बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न झापा गएका हुन् ।
प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गर्ने छन् । बिर्तामोड नगरपालिका–७ मा निर्मित सो ग्राममा ३७ आवासगृह छन् । प्रधानमन्त्री ओलीले अपराह्न बिर्तामोडको ३०० शय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ । सो अस्पताल रु ६०० करोडको लगानीमा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेका हुन् । बिर्तामोडको कार्यक्रमपछि उनी मोरङको उर्लाबारीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् ।
ओली अस्ति मात्रै झापा पुगेका थिए भने हिजो दिनभर जसाे पोखराका विभिन्न कार्यक्रममा व्यस्त रहे । सर्वाेच्च अदालतले संसद पुनःस्थापनाकाे फैसला गरेपछि राजीनामा देलान भनेका प्रधानमन्त्री झन उद्घाटन र शिलान्यासमा व्यस्त बनेर विपक्षीलाइ पाराे चडाउने काम गरेका छन् ।