सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव समूह वार्ताकाे नजिक रहेको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले शान्तिपूर्ण रुपबाट राजनीतिक मूलधारमा नेकपा विप्लव समूहलाई ल्याउन सरकारले वार्ताको प्रयास गरिरहेको बताए । प्रवक्ता गुरुङले नेकपा विप्लव समूहसंगको वार्ताको मिति चाडै तय हुने जानकारी दिए ।
प्रवक्ता गरुङले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापनाका क्रममा सर्वोच्चले दिएको आदेशले प्रधानमन्त्रीको राजीनामा रोकेको आरोप लगाए । बहुमत प्राप्त प्रधानमन्त्रीले राज्य संचालन गर्नु संवैधानिक र नैतिकताको विषय भएको फैसला सर्बोच्चले गरेको जिकिर गर्दै उनले सर्बोच्चको फैसलाका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ नहुने तर्क गरे ।
मन्त्री गुरुङले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर नैतिकताको पाठ सिकाउनेहरुले नै राजनीतिबाट सन्यास लिनुपर्ने टिप्पणी गर्नुभयो ।