पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टिभएकाे छ । विभिन्न परीक्षणपछि चिकित्सकहरुले भट्टराईको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले प्रमाणित गरेका हुन् ।
उनले नेपालमा ललितपुरस्थित निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारका क्रममा भट्टराईको पेटमा आमाशय र सानो आन्द्राको बीच भागमा पलाएको थियो ।भट्टराई लामो समयदेखि पेटको समस्याबाट पीडित थिए ।
भट्टराई फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका थिए। भट्टराई स्वास्थ्य परीक्षण सकेर भाेलि(मंगलबार) स्वदेश फर्किदैँ छन् ।