नेकपाको प्रचण्ड–नेपाल समूहले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
सिंहदरवारमा सोमबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।यद्पी, बैठकको मिति भने तोकिएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको विषयमा समेत बैठकमा छलफल भएको भन्दै प्रवक्ता श्रेष्ठले त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।साथै, बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिताबारे पेस गरिएको दावीमा छिटोभन्दा छिटाे निर्णय गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
संसद पुनःस्थापना लगत्तै पार्टीकाे धारणा तय गर्न ओली समूहले डाकेकाे बैठक पनि स्थगित भएकाे थियाे ।