प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा पुगेका छन्।मध्याह्न पोखरा पुगे लगत्तै विभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन् । उनले गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि उनले १ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् ।कार्यकर्ता सम्बोधनपछि ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि ओली विकास निर्माणका कामको शिलान्यास तथा उद्घाटनमा निस्किएका छन् ।आइतबार ओलीले गृह जिल्ला झापाको आफ्नो निर्वाचन क्षेत्रमा पुगेर केही पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका थिए ।