झट्ट हेर्दा सरकार निर्माणका मुख्य चार विकल्प देखिन्छ । दाहाल -नेपाल समूहले कांग्रेस र जसपासमेतको गठबन्धनमा सरकार निर्माण गर्ने ।तर पार्टीले नेतृत्व गर्न नपाएमा कांग्रेस सत्ता बाहिर बस्ने सम्भावना छ ।
दाहाल-नेपाल समूहले जस्ता सँगको गठबन्धनमा सरकार बनाउने प्रयत्न पनि गर्न सक्छ । जसका संग मात्रै सत्तागठबन्धन बनाउन दाहाल-नेपाल समूहलाई हाल रहेका सांसद संख्याले पुग्दैन । त्यसमा अाेली समूहमा रहेका केही करिब डेढ दर्जन सांसद आपत्ति र आउनुपर्छ ।यो विकल्पमा सरकार बनाउन चुनौती छ । दाहाल-नेपाल समूहसँग कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अर्को विकल्प छ तर यो रणनीति दाल नेपाल समूहले बाध्यात्मक परिस्थितिमा मात्रै प्रयोग गर्नसक्ने देखिन्छ ।
प्रधानमन्त्री ओलीले देउबालाई नै प्रधानमन्त्री बनाउन प्रस्ताव राख्न सक्छन् । ओलीले आफ्ना पक्षमा कम्तीमा सत्ता सांसद ठिकै रहे भने कांग्रेससँगको गठबन्धनमा सरकार बन्ने सम्भावना छ । कांग्रेसको बिहीबारको पदाधिकारी बैठकले पनि दुवै पक्षसँग खुला हुने निर्णय लिएको छ संसदमा सरकार बन्न नसक्ने अर्को जोखिम पनि उत्तिकै छ ।
सरकार बन्दैन दिएर मुलुकलाई फेरि मध्यावधि निर्वाचनमा लैजान सकिने विश्लेषण पनि राजनीति वृत्तमा चल्न थालेको छ । कानुनविद् टीकाराम भट्टराई गैरसंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी दलले अप्रत्यक्ष रुपमा सहयोग गरिरहेकै कारण सरकार निर्माणमा अवराेध उत्पन्न हुन थालेको बताउँछन् ।
काँग्रेसले प्रतिनिधिसभा पुनःस्थापना भएपछि औपचारिक रुपमा प्रधानमन्त्रीको राजीनामा मागेको छैन । रूपमा सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला साहित्कार नेताहरुले नैतिक र राजनीतिक रूपमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।साभार कान्तिपुर दैनिक ।