संघीय संसद् सचिवालयले संसद्को अधिवेशन सुरू हुनु अगाडि नै सांसद र कर्मचारीलाइ कोरोना खोपकाे व्यवस्था गर्ने भएको छ । सांसद्, कार्यव्यवस्थामा रहेका अधिकारी र मर्यादापालक एवं कर्मचारी गरेर करिब एक हजार ४ सयभन्दा बढीका लागि खोपको व्यवस्था गरिदैछ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका झन्डै ३ सय ३० सांसद । १ सय ३० भन्दा बढी मर्यादापालक र संसद् भवनमा प्रवेश गर्ने अन्य कर्मचारी गरी झन्डै १४ सय जनालाई कोरोना खोपको व्यवस्था गर्न लागिएको हो ।
यही फागुन १९ र २० र २१ गते नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसद र संसद्सँग सम्बन्धित व्यक्तिहरूलाई खोप लगाउने तयारी भएको छ । सरकारले फागुन २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाइने भएको हो ।